Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ४ वटा कम्पनीको सेयर लिलामीमा, कुनको कित्ता कति ?

अर्थ संसार

आइतबार, १४ मंसिर २०७७, ०७ : ५९ मा प्रकाशित

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ४ वटा कम्पनीको सेयर लिलामीमा, कुनको कित्ता कति ?

अर्थ संसार, काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ४ वटा कम्पनीहरुको संस्थापक समुहको सेयर आज (मसिर १४ गते, आइतबार) बाट बोलकबोल प्रक्रियाबाट बिक्री खुल्ला भएको छ  । 

सिटिजन इन्भेस्टमेन्ट ट्रष्टको २ लाख २ हजार ५ सय ६० कित्ता, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख ९२ हजार ९९४ कित्ता, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख ३९ हजार ४७० कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख २५ हजार ७२६ कित्ता संस्थापक समुहको शेयर लिलामी प्रक्रियामार्फत आजबाट बिक्री खुल्ला गरिएको हो  । 

उक्त सेयर खरिद गर्न चाहने लगानीकर्ताहरुले प्रति कित्ता के कति दर रेटमा लिने हो सबै खुलाई मसिर १९ गते भित्र गोप्य शिलबन्दी पेश गर्नुपर्नेछ  । 
लगानीकर्ताहरुले बोलकबोल गर्दा सबै कम्पनीका हकमा न्यूनतम एक सय कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरि अधिकतम सम्पूर्ण कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन् ।  

उक्त सेयर बिक्री प्रवन्धको काम एनआइसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ  । 

बैंकले प्रकाशन परेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको