Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

अर्थ संसार

आइतबार, १४ मंसिर २०७७, ११ : १६ मा प्रकाशित

कुमारी बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

अर्थ संसार, काठमाडौँ - कुमारी बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (आइतबार रहेकाे छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि (मंसिर १५ गते, साेमबार) बुक क्लोज गर्दैछ । त्यसैले, आज (मंसिर १४ गते, आइतबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंककाे २०औं वार्षिक साधारण सभा मंसिर २९ गते, साेमबार हुँदैछ ।

बैंकले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट शेयरधनीहरूलाई १४ प्रतिशत लाभांश दिने भएको छ । सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार शेयरधनीहरूलाई १०.८५ प्रतिशतका दरले बोनस शेयर र ३.१५ प्रतिशतका दरले नगद लाभांश (कर समेत) वितरण गरिने विशेष प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको