Like us!
Follow us!
Connect us!
Watch us!

अब सेयर मूल्य बढ्ने बैंकको पालो, यी बैंक लगानीकर्ताको रोजाइमा

अर्थ संसार

आइतबार, १४ मंसिर २०७७, १५ : ५६ मा प्रकाशित

अब सेयर मूल्य बढ्ने बैंकको पालो, यी बैंक लगानीकर्ताको रोजाइमा

अर्थ ससार, काठमाडौं -साताकाे पहिलाे दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अर्काे उचाइ छाेएकाे छ । काराेबार रकम अहिलेसम्मकै उच्च भएर ९ अर्ब २२ कराेड ७३ लाख ४८ हजार रूपैयाँकाे काराेबार भएकाे छ । यसअघि गत साताकाे अन्तिम काराेबार हुने दिन नेप्सेमा ७ अर्बभन्दा बढीकाे काराेबार भएकाे थियाे ।

त्यसकाे एक साता नवित्दै उक्त रेकर्ड झन्डै २ अर्बभन्दा बढीकाेे काराेबार भएर ताेडिएकाे हाे । आतबार बाणिज्य बैंक तथा विकास बैंकतिर लगानीकर्ता झुत्तिएका छन् । मूल्य आम्दानी अनुपातका आधारमा सस्ताे मूल्यमा पाइरहेका बाणिज्य बैंककाे सेयर किन्न लगानीकर्ता आकर्षित भएकाले अधिकांश बैंककाे सेयर मूल्यमा सर्किट लागेकाे छ ।

सेन्चुरी कमर्सियल बबैंक नेपाल इन्भेस्टमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सनराइज बैंक, माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश बैंक, मेगा बैंक, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक, कुमारी बैंक, ग्लाेबल आइएमइ बैंक, गरमा विकास बैंक, लक्ष्मी बैंक, हिमालयन बैंक, एनसिसि बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, स्ट्याण्डर्ड चार्टर्ड बैंक, लुम्विनी विकास बैंक, ज्याेति विकास बैंक र मितेरी विकास बैंककाे सेयर १० प्रतिशतले बढेकाे छ ।

बजारमा प्रतिफल दिएकाे आधारमा सबैभन्दा सस्ताे सेयर बाणिज्य बैंक, विकास बैंक र फाइनान्स समुहका कम्पनीकाे छ । अरू समुहकाे सेयर मूल्य अचाक्ली बढेकाले अब केही दिन बैंक तथा वित्तीय संस्थाहरूकाे मूल्य बढ्ने सेयर विष्लेषकहरूकाे अनुमान छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको