Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्याली हाइड्रोपावरले डाक्यो वार्षिक सभा, बुक क्लोज कहिले ?

अर्थ संसार

सोमबार, १५ मंसिर २०७७, ०९ : ३४ मा प्रकाशित

अरुण भ्याली हाइड्रोपावरले डाक्यो वार्षिक सभा, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २३औ वार्षिक साधारणसभा आह्वान गरेको छ ।
कम्पनीको मङ्सिर १४ गते बसेको संचालक समितिको निर्णयानुसार उक्त सभा पौष ८ गते बुधबार कम्पनीको सभाकक्ष, दोश्रो तल्ल ट्रेड टावर थापाथली काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन पारीत गरिनुका साथै सोहि अवधिको वासलात, नाफा-नोकसान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी पारीत गरिनेछ ।
त्यसैगरी आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत कर प्रायोजक लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि कम्पनीले मङ्सिर २६ गतेदेखि पौष २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मङ्सिर २५ गतेसम्म नेप्सेमा कायम भइ कारोबार गरेका सेयरधनीहरुले मात्र उक्त सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस:- 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको