Like us!
Follow us!
Connect us!
Watch us!

नाइजेरियामा ११० जना किसानको घाँटी रेटी हत्या !

अर्थ संसार

सोमबार, १५ मंसिर २०७७, १३ : ४२ मा प्रकाशित

नाइजेरियामा ११० जना किसानको घाँटी रेटी हत्या !

अर्थ संसार, काठमाडौं - नाइजेरियामा एक आतंकवादी समूहले १ सय १० जनाको हत्या गरेको छ । इस्लामिक स्टेट आतंकवादी समूह बोको हरामले १ सय १० जना किसानको अत्यन्तै क्रूर ढंगले हत्या गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार आतंकवादी समूहले नाइजेरियाको मैदुगुरी शहर नजिकको गाउँलाई निसाना बनाएर खेतमा काम गरिरहेका किसानहरुलाई नियन्त्रणमा लिएर हत्या गरेको हो ।

किसानहरुलाई नियन्त्रणमा लिएर उनीहरुको हातखुट्टा बाँधी घाँटी रेटेर हत्या गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ ।

शनिबार भएको उक्घत घटनामा सुरुमा ४३ शव फेला परेको तर पछि थप शव फेला परेर मारिनेहरुको संख्या ११० पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघले यो हत्याको निन्दा गर्दै नाइजेरियाको अवस्थाप्रति चिन्ता प्रकट गरेको छ ।

नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले पनि किसान मजदुरको हत्या गरिएको घटनाको निन्दा गर्दै दोषिलाई पक्राउ गरी सजायँ दिलाउने प्रतिबद्धता जनाएका छन् । एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको