Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा आज पनि नयाँ रेकर्ड, २८.७९ अंकले बढ्यो नेप्से

अर्थ संसार

सोमबार, १५ मंसिर २०७७, १५ : १८ मा प्रकाशित

सेयर बजारमा आज पनि नयाँ रेकर्ड, २८.७९ अंकले बढ्यो नेप्से

अर्थ संसार, काठमाडौँ - सेयर बजारले दिनहुँ  नयाँ रेकर्ड राख्दै आइरहेको छ  । सोमबार पनि सेयर बजारले नयाँ रेकर्ड बनाएको छ । नेप्से इन्डेक्स २ हजार माथि पुगी नयाँ इतिहास बनाउन सफल भएको हो ।

सेयर बजार खुल्लासाथ नेप्से २०२८.४५ बिन्दुमा पुगेको थियो । त्यसपछि ओरालो लागेको नेप्से परिसूचक १९९७.०५ अंकमा पुगेर रोकिएको छ । आज नेप्से परिसूचक २८.७९ अंकले बढेको छ ।

नेप्से १.७९ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.६३ अंकले बढेर ३८५.५६ मा पुगेको छ ।

कूल १९८ वटा कम्पनीकाे २ कराेड ५१ लाख ९१ हजार ३ सय १९ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार ६ सय ८२ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

आजकाे सेयर तालिका हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको