Like us!
Follow us!
Connect us!
Watch us!
फोटोकथा

उपत्यकामा भीडभाड बढ्यो : कतै छैन सामाजिक दूरी, जोखिम मोलेरै यात्रा गर्दैछन् यात्रु

अर्थ संसार

सोमबार, १५ मंसिर २०७७, १६ : ४७ मा प्रकाशित

उपत्यकामा भीडभाड बढ्यो : कतै छैन सामाजिक दूरी, जोखिम मोलेरै यात्रा गर्दैछन् यात्रु

अर्थ संसार, काठमाडौं - यतिबेला विश्व नै कोरोना महामारीबाट आक्रान्त बनेको छ । गत डिसेम्बरमा चीनको वुहान शहरबाट फैलिएको यो भाइरसबाट एक वर्षको अवधिमा विश्वभर ६ करोड ३० लाखभन्दा बढी मानिस संक्रमित भैसकेका छन्  । अरु १४ लाख ६५ हजारभन्दा बढी व्यक्तिले यो भाइरस संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकलाई हेर्ने हो भने नेपालमा मात्रै  २ लाख ३३ हजार ४ सय ५२ जना यसबाट संक्रमित भइसकेका छन् । नेपालमा कोरोना संक्रमणबाट हालसम्म एक हजार ५ सय ८  जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा दैनिक एक हजारभन्दा बढी व्यक्ति यसबाट संक्रमित भइरहेका छन् ।

कोरोनाविरुद्ध कुनै पनि खोप परीक्षणकै क्रममा छ । केही मुलुकका कम्पनीहरूले परीक्षण सफल भएके दावी गरे पनि प्रयेगमा भने ल्याइसकेके अबस्था छैन । त्यसैले कोरोनाबाट बच्ने एकमात्र उपाय भनेको सामाजिक दूरी कायम राख्नु, अनिवार्य रुपमा मास्क लगाउनु, साबुन पानीले बारम्बार हात धुनु नै हो ।

कोरोना संक्रमण र जोखिमलाई न्यूनीकरण र नियन्त्रण गर्न नेपालमा पनि १२० दिन अर्थात् ४ महिनासम्म लकडाउन गरिएको थियो । लकडाउनका कारण अर्थतन्त्र र आम मानिसको जनजीवनमा प्रभाव पारेपछि यसको अत्य गरिएको थियो । पूर्ण तयारी बिना खोलिएको लकडाउन र बढ्दो भीडभाडले नेपालमा कोरोना संक्रमितको संख्या दिन दुई गुणा र रात चौगुना हुँदै गयो । यसको नियन्त्रणको जिम्मा केन्द्रीय सरकारले स्थानीय तहलाई लगायो । जहाँ संक्रमित फेला पर्छ, त्यही निषेधाज्ञा पनि जारी गरियो । लकडाउन, सटडाउन, निषेधाज्ञा सबै गरियो तर पनि कोरोना संक्रमणको जोखिम भने यथावत नै छ।

दशैँ, तिहार, छटलगायत सम्पूर्ण महत्वपूर्ण चाडहरु सकिएसँगै राजधानीलगायत देशका ठूला शहरहरुमा मानिसके अवत जावत बढेकाले भीडभाड बढ्न थालेको छ । यो सँगै कोरोना संक्रमणको जोखिम अझै बढेको छ । चाहे पसलमा किनमेल गर्ने होस् या सार्वजनिक सवारीमा यात्रा गर्नेहरू नै किन नहुन्, जताततै अत्यधिक भीडभाड हुन थालेको छ । जनजीवन विस्तारै सहज बन्न थालेको छ, अझ भनौं पहिलेकै सामान्य अवस्थामा फर्किदैछ । कतिपय व्यति त मास्क समेत नलगाई हिडडुल गरिहेका छन् । सामाजिक दूरी कतै पालना भएको छैन ।

जसको कारण कोरोना संक्रमणको जोखिम भने अझै बढ्ने सजिलै आंकलन गर्न सकिन्छ । मानिसहरु जोखिम बहन गरेरै यात्रा गरिरहेका छन् । यहाँ रोगले भन्दा भोकले मरिन्छ कि भन्ने पिरमा छन् मान्छे । त्यसैले भीडभाड दिनहुँ बढ्न थालेको छ ।

सार्वजनिक सवारी साधनमा यात्रुहरु कोचाकोच गरेर यात्रा गरिरहेका छन् । यसको अरु विकल्प पनि छैन । भीडभाड कम गराउन र ट्राफिक जाम हुन नदिन यतिबेला जोरबिजोर प्रणाली लागू गरिएको छ । जसले गर्दा सार्वजनिक सवारी कम चलेका छन् । त्यसैले पनि यात्रुहरु कोचिएर यात्रा गर्न बाध्य छन् ।

हामीले उपत्यकाका अत्यन्तै भीडभाड हुने ठाउँहरु आरएनएसी, न्युरोड, असन, रत्नपार्क लगायत ठाउँहरुको केहि दृश्य कैद गरेका छौं । जुन दृश्यले कोरोनालाई भ्रम सावित गर्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको