Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा करेक्सन , नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

अर्थ संसार

मंगलबार, १६ मंसिर २०७७, १५ : १९ मा प्रकाशित

शेयर बजारमा करेक्सन , नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

अर्थ संसार, काठमाडौँ - लगातार केही दिनबाट दिनहुँ नयाँ रेकर्ड बनाउँदै आएकाे सेयर बजारले आज (मंगलबार) पनि शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । यद्यपि मंगलबार भने कुनै नयाँ रेकर्ड भने  बनाएको छैन ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३.३५ अंकले बढेर २०००.४० मा पुगेकाे छ ।  त्यस्तै  सेन्सेटिभ परिसूचक भने १.७७ अंकले घटेर ३८३.७९ मा पुगेको छ ।

कूल १९७ वटा कम्पनीकाे एक कराेड ८५ लाख ७६ हजार ७ सय ८ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार ७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेकाे छ । 
त्यसैगरी, कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले  ६५ करोड ७८ लाख ८८ हजार रुपैयाँ बरोबरको कारोबार गरेको छ  । 

 आजको सेयर तालिका हेर्नुहोस्:- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको