Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारप्रति एनपिएलको ध्यानाकर्षण, बलियो र दिगो कम्पनी छनोट गरी लगानी गर्न आग्रह

राधा पोखरेल

विहीबार, १८ मंसिर २०७७, ११ : ०७ मा प्रकाशित

सेयर बजारप्रति एनपिएलको ध्यानाकर्षण,  बलियो र दिगो कम्पनी  छनोट गरी  लगानी गर्न आग्रह

केहि दिन अघिदेखि निरन्तर सेयर बजार बुम  भएपछि 'पुँजी बजारमा कालोधन' भित्रिएको आशं हुन थालेको छ । कालोधन प्रवेशको कारण सेयर बजार उचालिएको हल्लासँगै  सेयर बजारको हकहितको लागि आवाज उठाउदै आएको  नेपाल पूँजीबजार लगानीकर्ता संघले ध्यानाकर्षण गरेको छ । 

संघको ध्यानाकर्षण यस्तो छ । 

सेयर बजारमा ‘कालोधन’ भित्रिएको आशंकामा धितोपत्र बोर्डले थाल्यो अनुष्नधान भन्ने बिषयले बजार तातिरहेको वेला हामिले यस विषयलाई लिएर सरोकारवाला ब्यक्तिहरु सँग बुझ्न खोज्दा यस बिषयमा हामिलाई जानकारी नरहेको र सतही हल्ला मात्र हो भन्ने सुन्नमा आएको छ ।

बिगत ४ बर्ष देखि कोमामा रहेको नेपाली पूँजीबजारमा केही महिनादेखि देखिएको सुधार र उलेख्य कारोबारलाई देखेर सहन नसक्ने एक किसिमका बजार प्रति कुचेष्टा राख्ने समूहले चलखेल गर्न खोजेको हो की भन्ने हाम्रो संघले गम्भिर आशंका गरेको छ ।

यस्ता अफवाह प्रति हाम्रो संघ सचेत र चनाखो रहदै कुन निकायबाट वा बाहिय तत्वको ईसारामा यस्तो हर्कत भएको भन्ने विषयमा हामी सुक्ष्म रुपले अनुशन्धानमा तल्लिन रहेका छौ ।यस्तो निन्दनिय र खेद जनक कार्य जुनसुकै ब्यक्ति, निकाय र समूहबाट भएको रहेछ भने पनि हाम्रो संघले यस्तो घृणित कार्यको सदैव सत्य तथ्य बाहिर ल्याउँने नै छ ।

समय समय फैलने बिभिन्न यस्ता अफवाहरुका कारण आफुसँग भएको राम्रो कम्पनीको सेयर मुल्य सोचेजस्तो नबढ्ने तर आधारभुत पक्ष कमजोर भएका कम्पनीको मुल्य तिब्र बेगले बढ्दा आफ्नो सुनलाई पित्तल सम्झेर पित्तललाई चाहिं सुन सम्झेर पोर्ट्फोलियो परिवर्तन गर्नेहरु धेरै भेटिन्छन् जुन सबैभन्दा घातक पनि हुनसक्छ । हल्लाको भरमा जस्तोसुकै कम्पनीमा पनि आँखा चिम्लेर लगानी गर्ने लगानिकर्ता पनि त्यत्तिकै भेटिन्छन्। र, तिनै मृत्युको मुखसम्म पुँग्ने गरेका पनि छन् । आफुसँग भएको धातु सुन हो कि हैन आफैले चिन्न सक्नुपर्छ । बजारमा पित्तलको भाउँ घट्न लागेको हल्ला सुनेर आफ्नो सुन पित्तलमा बेच्न हतारिनु पनि लगानीकर्ताकै बेवकुफी हुन जान्छ । आँफुले संस्था बलियो र दिगो छानेर कम जोखिमयुक्तमा लगानी गर्नुपर्दछ ।

हामिले अहिले जुन अवस्थामा लगानी गर्दैँछौ । एकदमै सजग र सजगतापुर्वक आफु कत्तिको जोखिम बहन गर्न सक्छु र कम्पनिको बिगतका र भविष्यमा गर्नसक्ने प्रगतिको विवरण बुझ्दैं लगानी गरौँ र हल्लाको भरमा जस्तोसुकै कम्पनीमा पनि आँखा चिम्लेर लगानी नगरौं । अवसर छ भनेर जहाँ पायो त्यहि लगानि गर्नु भन्दा पनि सजक र सजगतापुर्वक जोखिम बहन गर्न सक्ने गरि लगानी गर्नुपर्दछ ।

धन्यवाद ।

राधा पोखरेल

अध्यक्ष

नेपाल पूँजीबजार लगानीकर्ता संघ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको