Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री ज्यू ,आखिर कहाँ गयो हजुरले बाँढेको फुस्रो  आश्वासन ?

अर्थ संसार

मंगलबार, १९ असोज २०७८, ०० : ०० मा प्रकाशित

अर्थमन्त्री ज्यू ,आखिर कहाँ गयो हजुरले बाँढेको फुस्रो  आश्वासन ?

आदरणीय अर्थमन्त्री ज्यू ,नमस्कार

  नमस्कार तपाईं आज अर्थमन्त्री हुनुहुन्छ । तपाईं अर्थमन्त्री हुनुभएको दिन अरु जस्तै म पनि खुसी भएकी थिएँ । सम्पूर्ण लगानीकर्ताको प्रतिनिधि गर्दा तपाईंलाई खादा र मालासहित बधाई दिदै गर्दा तपाइबाट सेयर बजार प्रतिको पाएको आश्वासनले पुलकित हुँदै देशले हक्की र निडर नेता अर्थमन्त्री पाएकोमा खुशी थिए । कुरा सुरूवात गर्छु है त । केही महिनादेखि निरन्तर ओरालो लागेको नेपाली पुँजीबजारमा आज ५५:९३ अंकले घटी यस वर्षको सर्वाधिक न्यून्य २५:७७.४९ अंक कायम भएको छ ।

पुँजीबजारमा घटबढ हुने सामान्य प्रक्रिया नै हो । र, पुँजीबजारको व्यूटी नै यही हो, भन्नेहरुको पनि बजारमा कमी छैन । तर यसो हुँदै गर्दा नियामकको निकम्मा प्रवृतिको कारण लगानीकर्ताको अर्बौ सम्पत्ति स्वाहा हुँदै जादा पनि यहाँले भने यो हावा भरिएको वेलुनमा मलाई धेरै नबोल्नु भनेर सिकाइएको छ भनेर लगानीकर्ताहरुको पिडामा मुकदर्शक बनेर बसिरहँदा यहाँहरुलाई विपक्षले लगाएको दाग वामपन्थी भनेका पुँजीबजारका लागि अभिसाप नै हुन्न भन्ने कुरा व्यावहारिक भएको छ ।

नेताज्यू यो बजारमा करोडपतिले मात्र होइन, साग बेच्नेले पनि लगानी गरेका छन् ! १००० को रकम १०० मा झर्ने हो भने के उनीहरुको मुखमा माड लाग्ला त ? हजुरकै मुखार विन्दुवाट एउटा कार्यक्रममा सम्वोधन गर्ने क्रममा भन्नु भएको थियो, ‘तपाईँहरु जो पुँजीबजारका लगानीकर्ता हुनुहुन्छ, धक फुकाएर लगानी गर्नुस्, मेलै पुँजीबजारको विकासको लागि कुनै कसर बाँकी राख्ने छैन ।म तपाइहरुको साथ र सहयोग अनुसार अगाड़ी बढ्नेछु ।

म अर्थमन्त्री बनेपछि सेयर बजार झन् घट्छ भन्नेर हल्ला फैलाइएको छ ।यो सबै भ्रम हो ।’ बजारका समस्या समाधान गर्छु, पुँजी बजारले नयाँ छलाङ मार्नेछ । धेरैको अनुमान थियो, चमत्कार गर्नुहुनेछ । म पनि ढुक्क थिएँ, तर, आज म गलत सावित भएकी छु । तपाईं प्रतिको  आशा र विश्वास मान्छेमा जाग्दै थियो । टुशा पलाउँन सुरुवात गर्दै थियो तर, तपाईं प्रतिको विश्वास आज बिडम्बनामा बदलिएको छ । लगानीकर्ता माझ झन्डै- झन्डै सिसा फुटेझैं टुक्राटुक्रा बन्न पुगेको छ ।

हामी बजार सुधारका कार्यक्रम ल्याउनेछौं । तपाईंहरु नआत्तिनुहोस् । हजुरले यसो भन्दै गर्दा  यो भाषणबाट पुलकित भएर आफ्नो छाक कटाएर सेयर बजारमा लगानी गर्ने पुँजी बजारका ४४ लाख लगानीकर्ता अहिले आएर तपाइलाई भोट हालेर ठूलो गल्ती  गरिएछ भन्न थालेका छन् नि ? त्यसवेलाका हजुरको यस्ता आश्वासन आम लगानीकर्ताले यतिबेला झलझली सम्झिरहेका छन् ।

आखिर कहाँ गयो अर्थमन्त्री ज्यू हजुरले बाँढेको फुस्रो आश्वासन ? कुनै दिनको उर्जाको चर्चाले तपाईँलाई लोकप्रियताको चुलीमा पुर्याएको थियो, तर आजको चर्चाले तपाईंलाई राजनीतिको सुली चढाउँदैछ ! त्यसैले आज सबै कुरा ओझेलमा पर्ने गरी तपाईंकै चर्चा छ सर्वत्र । पछिल्लो समय नेपालको पूँजी बजार बामेसर्ने यूगबाट टुकुटुक हिडने सम्मको यूगमा प्रबेश गर्दै गरेको कुरा तपाईँ माझ घाम जत्तिकै छर्लड. छ ।

बजारका समस्या समाधान गर्न र लगानीकर्ताले भोगेका अप्ठ्यारालाई कार्यान्वयन गर्न बर्षौ बर्ष कागजमा मात्र सिमित राखिदिने र बजारले उकालो यात्रा तय गर्दै गर्दा नियामक निकायबाट बेला बेलामा “बेमौसमि बाजा” बजाई दिदा लगानीकर्ताको सम्पत्तिमा गम्भिर समस्या देखा पर्ने गरेको थियो र यस्का लागि हजुरले पहलकदमी लिनुहोला भन्ने हामि लगानीकर्ताहरुको ठुलो आशा र भरोषा थियो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक निती मार्फत सेयर बजारलाई प्रभावित पार्ने गरी सबै बैंक तथा बित्तिय सस्थालाई एकिकृत निर्देशिका जरी गर्दै ४/१२ करोडको क्याप लगाई दिएको कुरा हजुरलाई जग जाहेरै भएको बिषय हो ।

यहाँलाई राम्रो सँग थाहा छ कोर क्यापिटलको ४०% कर्जा बैकबाट राम्रो सँग बजारमा नआउँदै नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले त्यस्तो निति किन अबलम्बन गर्नु भयो ? र पुँजीबजारमा यस्तो समस्या आउँदैछ है भनेर बारम्बार यस कुराको अग्रिम जानकारी गराउँदा पनि यहाँले किन लगानीकर्तालाई बचाउँन आश्वासन दिन चाहनु भएन ? अर्थतन्त्र चलायमान बनाउन यसलाई खुल्ला छाडिदिनु पर्छ। बजार बड्यो भनेर धितोपत्र बोर्ड बिज्ञप्ती निकाल्न हत्तारिने, राष्ट्र बैंकले बैंक बित्तिय संस्थालाई सेयरमा अल्पकालिन लगानी गर्न रोक लगाउने, माईक्रो फाईनान्सको सेयर किन्न नदिने, भएको स्टक पुस मसान्तसम्म अफलोड गरिसक्नु पर्ने, लगानिकर्ताको अर्बौंको सम्पती को भ्यालु १२ करोड मै सिमित गरेर ठुला लगानिकर्तालाई बजारबाट लखेट्ने जस्ता कार्य गरिरहेको अवस्थामा साना लगानीकर्ताले मात्र बजार थाम्न संभव होला र? नेप्से निरन्तर ओरालो लाग्दा विशेष गरी साना र नयाँ लगानीकर्ता निकै चेपुवामा परेका छन् ।

उनीहरुको पीडाको कतैबाट पनि सुनुवाई हुन सकेको छैन । हाम्रो बजारमा पछिल्लो समय साना लगानीकर्ता र गृहिणीहरुको ठूलो समूह प्रवेश भएको छ । अझ भन्नौ‌ हामी जस्ता युवाको बजारमा लगानी गरी नेपालमै केही गरौं भन्ने  सोचका साथ विदेश मोह नै हराएको देख्दा मेरो मन रोमान्चित भएर आउँथ्यौं ! बजारको वास्तविक प्रवृत्ति, लगानी गर्ने समयको बारेमा सामान्य नजर अन्दाज नहुँदा पनि नयाँ र साना लगानीकर्ता अधिक मारमा पर्ने गर्छन् । युवाहरूले आफ्नै देशमा स्वरोजगार/रोजगार मागिरहेका छन् ।

नेपालमै  बसेर केही न केही गरौं भनेर पुँजी बजारमा हात हाल्नेको सपना गभर्नर जस्तो पद पुँजीबजार विरोधी व्यक्तिलाई जिम्मा छाडिदिएर आम लगानीकर्ताको सपनालाई  चकनाचुर पारी फुटाइदिनु भयो होइन त ? नेता ज्यू, तपाईँसँग जनताको ठूलो अपेक्षा थियो तर  हाम्रो अप्ठेरोमा अट्टहास गर्ने शासक बन्नु भो होइन त ?  दैनिक घरायशी खर्च कटाएर सेयर बजारमा लगानी गरेका उनीहरुको अवस्था झन् निकै दयनीय बन्दै गएको देखिन्छ । यस्तै भइरहे त आफ्नो घरवारसँग सँगै आफूलाई समेत सिध्याउन बाध्य हुने छन् र यसले सारा दोष तपाइँ र तपाइँको पार्टीमा दाग लाग्नेछ ! रिसानी माफ गर्नुस् । सत्य बोल्ने साहस गर्नैपर्छ ।

अन्तमा भिजन र मिसनका साथ अगाडि वढ्नु भएको राज नेताले ४४ लाख लगानीकर्तालाई मलम पट्टि लगाउन चाहनुहुन्छ भने पुँजी बजारलाई बचाउनुहोस् नेता ज्यू, तपाईँसँग जनताको ठूलो अपेक्षा छ । समय निकै शक्तिशाली हुन्छ । समयले कसैलाई पर्खंदैन । नसम्झनु होला, यो परीक्षा विरोधीको मात्र हो, यो त नेपाली जनताले तपाईंमाथि लिँदै गरेको परीक्षा हो । के तपाईं परीक्षामा हामीले अपेक्षा गरेझैं खरो उत्रनु होला ? खरो उत्रनुहोस् शुभकामना छ तपाईंलाई ! शुभकामना मात्रै होइन, साथ पनि हुनेछ । आजलाई यति नै । हस् त नमस्कार ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको