अर्थ संसार, काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडले भिसा कन्ट्राक्टलेस ( Visa Contactless)कार्ड सेवा सञ्चालनमा ल्याएको छ ।  भिसा कन्ट्राक्टलेस कार्ड निअर फील्ड कम्युनिकेशन (NFC) मा आधारित प्रविधि हो, जसमा प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा छरितो तरिकाले POS Terminal बाट रकम भुक्तानी गर्न सकिन्छ ।
बैंकले भिसा कन्ट्राक्टलेस कार्ड सुविधा सञ्चालनमा ल्याउने विकास बैंकहरु मध्ये प्रथम बैंक हो ।यस कार्डको प्रयोगबाट विश्वभर फैलिएको कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले नयाँ प्रविधिको सुरुवात गरी आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ अनुभव दिन खोजेको जनाएको छ । ।
देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकको ग्राहक संख्या करिब पाँच लाख रहेको छ । 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस