अर्थ संसार, काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे मंसिर १४ गते, आइतबारबाट खुल्ला गरेकाे  लिलामी सेयर बीचमै स्थगित गरेकाे छ । 
बैंकले विशेष कारण बताउँदै अर्काे सूचना प्रकाशन नभएसम्मका लागि यी २ कम्पनीकाे लिलामी सेयर  स्थगित गरिएकाे एक सूचना मार्फत जानकारी दिएकाे छ ।
बैंकले आफ्नाे स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे संस्थापक समूहकाे सेयर मंसिर १४ गते, आइतबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे ।
बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख ९२ हजार ९ सय ९४ कित्ता, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख ३९ हजार ४ सय ७० कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख २५ हजार ७ सय २६ कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न खुल्ला गरेकाे थियाे
बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :-

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस