अर्थ संसार, काठमाडौँ - आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २२औँ वार्षिक साधारण सभा आज (साेमबार) हुँदैछ ।
संस्थाकाे उक्त सभा कम्पनीकाे रजिष्टर्ड कार्यालय, पुतलीसडक, काठमाडाैँमा हुनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनपारित गरिनेछ ।
त्यसैगरी, सभामा संस्थाकाे भाद्र २२ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे वितरण याेग्य मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । उक्त लाभांश राष्ट्र बैंकले कार्तिक १३ गते बिहीबार नै स्वीकृत गरिसकेकाे छ ।
संस्थाले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि मंसिर ८ गते, साेमबार बुकक्लोज गरेकाे छ । त्यसैले, मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस