अर्थ संसार, काठमाडौँ - नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिन र ९१ दिनकाे अवधिको लागि १७ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
२८ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे छ। उक्त ट्रेजरी बिल पुस २१ गते परिपक्क हुनेछ ।
यस्तै बैंकले ९१ दिनकाे अवधिकाे लागि १२ अर्ब २६ कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल फागुन २५ गते परिपक्क हुनेछ ।
उक्त ट्रेजरी बिल आज (मंसिर २२ गते, साेमबार) ३ बजे बोलकबाेल भएर भाेलि (मंसिर २३ गते, मंगलबार) हुने बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस