Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान विकास लघुवित्तको २६.३१ प्रतिशत लाभांश घोषणा

अर्थ संसार

मंगलबार, २३ मंसिर २०७७, ११ : २० मा प्रकाशित

साना किसान विकास लघुवित्तको २६.३१ प्रतिशत लाभांश घोषणा

अर्थ संसार, काठमाडौं – साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा गरेको  छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) संस्थाको  २६.३१५७८९४७४ प्रतिशत लाभांश घोषणा गरिएको हो  । 

संस्थाकाे आज (मंसिर २३ गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस शेयर र १.३१५७८९४७४ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २६.३१५७८९४७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण  हुनेछ  । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको