Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा महुली लघुवित्तको ६ लाख ४२  हजार सेयर  सूचिकृत

अर्थ संसार

विहीबार, २५ मंसिर २०७७, १४ : ३४ मा प्रकाशित

नेप्सेमा महुली लघुवित्तको ६ लाख ४२  हजार सेयर  सूचिकृत

अर्थ संसार, काठमाडौँ - महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकाे  ६ लाख ४२ हजार २ सय २१ कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत  भएको छ  । यसका  साथै संस्थाको काराेबार समेत फुक्का भएकाे छ । 

नेप्सेले एक सूचना प्रकाशन गर्दै नव किरण लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १००:९५ काे अनुपातमा गाभिँदा कायम हुन आएकाे प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे ६ लाख ४२ हजार २ सय २१ कित्ता शेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे जानकारी दिएको छ ।

यसका साथै, आज (बिहीबार) बाट मर्जर प्रयाेजनका लागि राेक्का भएकाे संस्थाकाे काराेबार समेत फुकुवा गरिएकाे नेप्सेले जनाएको छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना  हेर्नुहोस् :-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको