Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य अंकले बढेको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार

अर्थ संसार

विहीबार, २५ मंसिर २०७७, १५ : १८ मा प्रकाशित

सामान्य अंकले बढेको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार

अर्थ संसार, काठमाडौं - साताको अन्तिम दिन आज (बिहिबार) पनि सेयर बजारमा  सामान्य सुधार देखिएको छ  । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ८.२७  अंकले बढेर  १९६४.०२ अंकमा पुगेको छ  । नेप्से ०.४२ प्रतिशले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि २.३२ अंकले बढेर ३७४.०२ अंकमा पुगेको छ ।

कुल २ सय ४ वटा कम्पनीको ९८ लाख  ८३ हजार १९७  कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १४ करोड ६३ लाख २१ हजार ५० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमा १०  वटा उपसमूहकाे  सेयर  बढेको छ , भने बाँकी २ वटा उपसमूहको सेयर घटेको छ  । 
आज हाइड्रोपावर र विकास बैंक समुहको सेयर घटेको नेप्सेले जनाएको  छ। 

त्यसैगरी कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक कारोबार गर्न सफल भएको छ  ।  कम्पनीले  ३७ करोड  ३२  लाख रुपैयाँ  बराबरको कारोबार गरेको छ  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको