Like us!
Follow us!
Connect us!
Watch us!

बन्द्री पंगेनी र रचना रिमालको स्वरमा ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक (भिडियोसहित)

अर्थ संसार

शुक्रबार, २६ मंसिर २०७७, १५ : ३७ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - 
कला चल्यो, गला चल्यो, मान्छे चलेन
 तिम्रो घरमा मेरी छोरी भान्से चलेन 
किन सम्धिनी मान्छे चलेन 
किन सम्धीज्यू भान्से चलेन
 

बद्री पङ्गेनी र गोपाल पोखरेलको लोकगीत ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक भएको छ । बद्री पङ्गेनी युटुब च्यानलबाट बजारमा आएको गीतमा पङ्गेनी र रचना रिमालले स्वर दिएका छन्   । गीतमा नारायण ज्ञवालीका शब्द र पङ्गेनी आफैँको सङ्गीत छ  । पहिलो पटक गीतको भिडियो निर्देशन पङ्गेनी आफैँले गरेका छन् । 

बिपी फिल्म प्रालिले निर्माण गरेको   भिडियोमा सन्तोष पन्त, लक्ष्मी गिरी, टीका जैसी, रेश्मी भट्ट, कृष्ण बराल, मनिषा राउत र बालकलाकार जेनिशा बुढा मगरको अभिनय तथा विश्वास नेपालको सङ्गीत संयोजन  छ । 

पङ्गेनीले रहर जागेर भिडियो निर्देशन गरिएको र आगामी दिनमा पनि निर्देशनलाई निरन्तरता दिन सक्ने बताए । उनका अनुसार समाजमा जरा गाडेर रहेको जातीय विभेदको समस्या उजागर गर्दै अन्त्य गर्नमा मद्दत गर्ने विश्वास लिइएको छ । 

हाम्रा चेलीहरुलाई  कहिले न्याय हुन्छ
जातीय विभेद देख्दा न्याय आफैँ रुन्छ 
दाइजो देको औंठी चल्यो, मान्छे चलेन 

गीतमा कथित उपल्लो जातको युवकले कथित तल्तो जातकी युवतीसँग प्रेम गर्छ । उसले आफ्ना बुवाआमासँग विवाहको प्रस्ताव राख्छ, तिनले पानी नचल्ने भनिएकीसँग विवाह गर्न अस्वीकार गर्छन् । उसले विवाह नभए आत्महत्या गर्ने बताएपछि बाबुआमाले विवाह गर्ने स्वीकृति दिन्छन् । विवाह गरी युवक परदेशतिर लाग्छ । यता घरमा नयाँ बुहारी जातीय विभेदको चपेटामा पर्छे । श्रीमान् आएपछि  आएपछि उनीहरु दुवै न्यायको ढोका ढक्ढक्याउन पुग्छन् । बुवाआमा दुवैलाई प्रहरीले पक्राउ गरी अदालतसम्म पु¥याउँछ । कानून बुझेपछि उनीहरुले बुहारीलाई स्वीकार्छन् र भान्सा सुम्पिन्छन् । 
भिडियो हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको