Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरले १३ लाख कित्ता सर्वसाधारण शेयर लिलाम बिक्री गर्ने

अर्थ संसार

आइतबार, २८ मंसिर २०७७, ११ : २७ मा प्रकाशित

अपि पावरले १३ लाख कित्ता सर्वसाधारण शेयर लिलाम बिक्री गर्ने

अर्थ संसार, काठमाडौं-अपि पावर कम्पनी लिमिटेडले पाैष ६ गतेबाट अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।कम्पनीले कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको १३ लाख ४६ हजार २ सय १८ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेकाे हाे । 

लगानीकर्ताले पाैष ६ गतेबाट पाैष १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० ले भाग जाने गरि सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल काठमाडौँ तथा सिद्धार्थ बैंक लिमिटेडका विराटनगर, विरगंज, जनकपुर, विर्तामाेड, हेटाैँडा, नारायणघाट, पोखरा, बुटवल, बागलुङ, घाेराही, सुर्खेत, नेपालगञ्ज, महेन्द्रनगर तथा धनगढीका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको