Like us!
Follow us!
Connect us!
Watch us!

प्रेमको गहिराईको प्रिमियर

अर्थ संसार

आइतबार, २८ मंसिर २०७७, १६ : १० मा प्रकाशित

गायक रोजल शाहीको स्वरमा रेकर्ड भएको ‘प्रेमको गहिराई‘’ शीर्षकको गीतको म्युजिक भिडियो शनिवार प्रिमियर गरिएको छ ।

काठमाडौंमा आयोजित एक समारोहमा उक्त गीतको भिडियो प्रिमियर गरिएको हो ।उक्त गीतमा अनिल शाहीको शब्द तथा संगीत सुन्न सकिन्छ ।प्रिमियर कार्यक्रममा उपस्थित संगीतकर्मीहरुले गायक रोजल शाहीको स्वरको प्रशंसा गर्नुका साथै गीत र भिडियोको सफलताको कामना गरेका थिए ।

उक्त गीतको मिक्सिङ तथा मास्टरिङ ब्लुबेरी स्टुडियोमा गरिएको हो ।गीतको म्युजिक भिडियोमा पनि गायक रोजल शाहीले नै अभिनय गरेका छन् ।भिडियोमा गायक शाहीलाई अञ्जु चौलागाईंले अभिनयमा साथ दिएकी छिन् ।

सोहन मानन्धरको छायांकन तथा सम्पादन रहेको उक्त भिडियोलाई अनिल शाहीले निर्देशन गरेका हुन् ।हाइलाइट्स रेकर्डको यूट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको