Like us!
Follow us!
Connect us!
Watch us!

प्रकाश, दुर्गेश र प्रमिला अभिनित ‘धनवीर’ ट्रेन्डिङमा

अर्थ संसार

आइतबार, २३ फागुन २०७७, २० : ०० मा प्रकाशित

प्रकाश, दुर्गेश र प्रमिला अभिनित ‘धनवीर’ ट्रेन्डिङमा

गीतकार बि पाण्डेको शब्द रचनामा रहेको नयाँ  गीत ‘धनवीर’ सार्वजनिक भएको छोटो समयमा नै युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ । 

गीतमा गायक प्रमोद खरेल र गायिका अन्जु पन्तले आवाज भरेका छन् ।  सुभाष भुसालको सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजन रहेको गीतको म्युजिक भिडियोमा प्रकाश सपुत, दुर्गेश थापा, प्रमीला क्षेत्री, महादेव त्रिपाठीले अभिनय गरेका छन्। उक्त गीत फागुन २० गते एनाक्षी इन्टरटेनमेन्ट नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीत अहिले ट्रेन्डिङमा पर्न सफल भएको छ ।

रमेश शाहीको लगानी रहेको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन, सम्पादन गरेका छन्। भिडियोमा राम कुमार केसीको कोरियोग्राफी रहेको छ ।  गीतकार बि पाण्डेले यस अघि ‘बनकी चरी, जाली रुमाल, खाएको कसम, शङ्का नगर लगायत हिट गीत श्रोता तथा दर्शक माझ ल्याइसकेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको