Like us!
Follow us!
Connect us!
Watch us!

समिक्षा अधिकारीको स्वरमा “म मर्छु तिमी बिना”

अर्थ संसार

आइतबार, १७ असार २०८०, ०७ : ५० मा प्रकाशित

अशोक बिकको शब्द, संगीत र भिडियो निर्देशन रहेको “म मर्छु तिमी बिना” सार्वजनिक गरिएको छ ।

गीतलाई एआर ईन्टरटेनमेन्ट युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । यस गीतमा गायिका समिक्षा अधिकारीको स्वर रहेको छ ।  २१ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सुदिप सागरले एरेञ्ज गरेका हुन् भने किरण थापाले रेकर्डिङ र मनोज ढंगोलले मिक्सिङ गरेका हुन् ।

 अशोक बिकको निर्देशन रहेको गीतमा नरेश बिर सिंहको कोरियोग्राफी, बासु नेपालीको छायांकन, पदम सुबेदीको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा एसराज गराज, रिचा थापा, सक्शी लम्साल आदीको अभिनय रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको