Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी कमर्सियल र कृषि विकास बैंकले गर्यो लाभांश घोषणा

अर्थ संसार

सोमबार, २९ मंसिर २०७७, ११ : २० मा प्रकाशित

सेञ्चुरी कमर्सियल र कृषि विकास बैंकले गर्यो लाभांश घोषणा

कृषि विकास बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांश घाेषणा गरेका छन्। 

कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घाेषणा गरेकाे छ ।

बैंककाे आज (मंसिर २९ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

तेस्तै सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले पनि लाभांश घाेषणा गरिएकाे छ ।बैंककाे आज (मंसिर २९ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५.२५ प्रतिशत  बोनस शेयर र २.२५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ७.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

5fd6fa892c777.jpg 5fd6fa893d03c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको