Like us!
Follow us!
Connect us!
Watch us!

६ अर्बको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

अर्थ संसार

सोमबार, २९ मंसिर २०७७, १३ : ५२ मा प्रकाशित

६ अर्बको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

अर्थ संसार, काठमाडौँ - नेपाल राष्ट्र बैंकले  ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशन गर्दै ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको जानकारी दिएको हो ।

बैंकले ९१ दिनकाे अवधिकाे लागि ४ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल चैत्र ३ गते परिपक्क हुनेछ । यसैगरी, बैंकले ३६४ दिनकाे अवधिकाे लागि २ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल मंसिर २८ गते परिपक्क हुनेछ ।

उक्त ट्रेजरी बिल आज (मंसिर २९ गते, साेमबार) ३ बजे बोलकबाेल भएर भाेलि (मंसिर ३० गते, मंगलबार) बिक्री हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको