अर्थ संसार, काठमाडौं– बैंक अफ काठमाण्डूले निष्कासन गरेको “८.५% बिओके डिबेञ्चर २०८६” मंसिर २९ गतेदेखि बन्द भएको छ  । बैंकले निष्काशन गरेको उक्त ऋणपत्रमा लगानीकर्ताको उत्साहजनक सहभागिताले निर्धारण गरीएको छिटो अन्तिम मितिमा नै बन्द भएको  हो ।
यस बैंकद्वारा निष्काशन गरीएको ऋणपत्रमा लगानीकर्ता महानुभावहरुकोे सहभागिताले यस बैंक र लगानीकर्ताहरु बिचमा रहेको विश्वसनियतालाई पुष्टि गरेको छ । साथै, बैंकले उक्त ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको थियो । 
यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु ऋ(ब्क्द्यब् सदस्य बैंक तथा वित्तीय संस्थाहरु, निष्काशन बैंकहरु तथा सम्बन्धित सबैं नियमन निकायहरुमा धन्यवाद ज्ञापन गर्दछौं । 
बैंकले हाल ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ । 
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस