अर्थ संसार, काठमाडौं-निजामती कर्मचारी भएर पनि सेयर बजारमा सक्रियहरुलाई सरकारले अब कार्यलय समयमा सेयरको कारोबारमा सक्रिय रहेको पाइए कारबाहि गर्ने तयारी गरेको  । 
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अब कार्यलय समयमा अनलाईन मार्फत सेयरको कारोबारमा संलग्न भएको पाइएमा कानून बमोजिम कारबाहि गरिने जनाएको छ  । 
सोमबारको मन्त्रिस्तरिय र्निणयबाट सेयरका साथै अन्य किसिमका धन्दामा लागेका कर्मचारीहरु बारे अनुगमन गर्न  राष्ट्रिय सर्तकता केन्दमा पत्राचार समेत गरियको छ । यदि कोहि कर्मचारी कार्यलयको काम कारबाहिनै प्रभावित हुने गरि सेयर कारोबारमा संलग्न भएको पाइए तुरुन्तै कारबाहि गर्न र्निदेशन दिइएको छ । 
पछिल्लो समय हुने कारोबारको करिब ८० प्रतिशत कारोबार अनलाईन बाटै हुने गरेको छ । सेयरको कारोबार अनलाईनबाट सजिलै हुने हुने भए पछि सेयर बजारमा नयाँ लगानी ह्वात्तै बढेको छ । सरकारको यो र्निणयले सेयर बजारमा केहि प्रभाव पार्ने देखिन्छ ।  
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस