Like us!
Follow us!
Connect us!
Watch us!

सिनर्जी पावरले गर्यो लाभांश घोषणा, बोनस कति ?

अर्थ संसार

बुधबार, ०१ पुस २०७७, ११ : ४१ मा प्रकाशित

सिनर्जी पावरले गर्यो लाभांश घोषणा, बोनस कति ?

अर्थ संसार, काठमाडौँ - सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले सयुक्त वार्षिक साधारणसभा आह्वान गर्दै  लाभांश घाेषणा गरेको  छ । कम्पनीले साधारणसभा आह्वान गर्दै नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा  कम्पनीको  ५ पतिशत लाभांश घोषणा गरेको हो  । 

कम्पनीको मंसिर ३० गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीका सेयरधनीहरूलाई  ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त लाभांश कम्पनीकाे आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ । यसैगरी, कम्पनीले १२औँ, १३औँ र १४औँ वार्षिक साधारण सभा पाैष २२ गते बुधबार हुँदैछ।

त्यस्तै, कम्पनीले साधारण सभा प्रयाेजनका निमित्त पाैष १२ गतेबाट पाैष २२ गतेसम्म बुकक्लाेज गर्नेछ । त्यसैले, पाैष ११ गतेसम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको