Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारितसँगै सिनर्जी पावरको साधारणसभा सम्पन्न

अर्थ संसार

बुधबार, २२ पुस २०७७, १४ : ५० मा प्रकाशित

लाभांश पारितसँगै सिनर्जी पावरको साधारणसभा सम्पन्न

सिनर्जी पावर डेभलपमेन्टले एक साथ ३ वटा आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ । कम्पनी आज पुस २२ गते बुधबारभर्चुअल माध्यमबाट आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को सभा सम्पन्न गरेको हो । 

सभाले लाभांश सहितका विभिन्न प्रस्तावहरु सर्वसम्मतले पारित गरेको छ। कम्पनीले २०७७असारसम्मको खुद मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरि कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव सभाले सर्वसम्मतले पारित गरेको छ । कम्पनीले आईपिओ निष्काशन गरेपछि पहिलो पटक लाभांश प्रस्ताव गरेको हो ।

त्यस्तै सभाले उल्लेखित आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षकनियुक्तिगर्ने, प्रबन्धपत्र र नियमावलीमाआवश्यक संशोधनगर्ने, संशोधितनियमावली र प्रबन्धपत्रमाकुनै फेरबदलगर्नु परे संचालक समितिलाई आख्तियारी दिने लगायतका प्रस्तावपारित गरेको छ।

त्यस्तै कम्पनीको साधारणसभाले नयाँजलविद्युत आयोजनामा लगानी गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले सोलुखुम्बुको होंगु खोलामा रहेको २२ मेगावाटको ’मध्यहोंगु खोला ए’ जलबिद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको थियो । सोहि प्रस्ताव साधारणसभाले पारित गरेको हो ।  

यस आयोजनामा कम्पनीले स्व-पुँजीको ४० प्रतिशत सेयर लगानी गर्ने उल्लेख गरिएको छ । यस आयोजनाले विद्युत उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्रि सम्झौता गरिसकेको जनाईएको छ । 
सभामा कम्पनीका अध्यक्ष इन्द्र बहादुर थापाले आगामी वर्षहरुमा लाभांश दर बढाउदै लैजाने प्रतिबद्दता व्यक्त गर्नु भएको छ। उहाँले सेयरधनीहरुलाई प्रदान गरिने लाभांश दरले निरन्तरता पाओस् भन्ने उदेश्य र सेयरधनीको माग बमोजिम नै ब्यबसाय बढाउनको लागिनयाँआयोजनामालगानीगर्ने निर्णय गरिएको बताउनुभयो।  

कम्पनीले हालदोलखामा १० मेगावाटको सिप्रिनखोलाआयोजना संचालन गरिरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको