Like us!
Follow us!
Connect us!
Watch us!

सिनर्जी पावरको एजीएममा फेरि विवाद, पत्रकारलाई समेत प्रवेशमा रोक

अर्थ संसार

सोमबार, १९ माघ २०८२, १० : ०७ मा प्रकाशित

सिनर्जी पावरको एजीएममा फेरि विवाद, पत्रकारलाई समेत प्रवेशमा रोक

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको वार्षिक साधारण सभा (एजीएम) आज पनि विवादका कारण सुरु हुन सकेको छैन। बिहान ९ बजेका लागि बोलाइएको सभा निर्धारित समयमा सञ्चालन हुन नसकेको हो।

सभामा किर्ते प्रोक्सी प्रयोग गरेर चुनाव गराउने प्रयास गरिएकाले विवाद भएको केही सेयरधनिले बताएका छन्। अहिले सभा स्थलमा सेयरधनीभन्दा बढी संख्यामा सुरक्षाकर्मी र बाउन्सर परिचालन गरिएको र जबर्जस्ती निर्वाचन गराउने प्रयास भइरहेको दाबी असन्तुष्ट पक्षको छ।

समाचार संकलनका लागि पुगेका पत्रकारहरूलाई समेत प्रवेशमा रोक लगाइएको छ । उपस्थित प्रहरी टोलीले `माथिको आदेश´ भन्दै पत्रकारलाई सभा स्थलभित्र जान नदिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

कम्पनीको साधारण सभा यसअघि पनि विवादकै कारण दुई पटक स्थगित भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको