अर्थ संसार, काठमाडौँ - एभरेष्ट बैंक लिमिटेडले साधारणसभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ  ।
बैंकले साधारणसभा प्रयोजनको लागि पौष १० गतेदेखि पौष २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसैले पौष ९ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र नगद लाभांश प्राप्त गर्न सक्नेछन्  ।
बैंकको  २६ औं वार्षिक साधारण सभा पुस २७ गते हुँदैछ  । सभामा बैंकको संचालक समितिले गरेको निर्णयानुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । जसमध्ये ५.५२ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर रहेको छ ।
बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस