Like us!
Follow us!
Connect us!
Watch us!

किन लाग्यो महुली लघुवित्तको सेयर कारोबारमा सर्किट ?

अर्थ संसार

बुधबार, ०१ पुस २०७७, १४ : २८ मा प्रकाशित

किन लाग्यो महुली लघुवित्तको सेयर कारोबारमा सर्किट ?

अर्थसंसार, काठमाडौं - पछिल्लो ५ दिनमा महुली लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आकासिएको छ । मंसिर २८ गते ९ सय १२ रुपैयामा कारोबार सुरु भएको महुलीको प्रतिसेयरको मूल्य आजसम्ममा आइपुग्दा १ हजार ३ सय ९ रुपैया पुग्दै सकारात्मक सर्किट ब्रेक भएको छ । 

महुली लघुवित्त वित्तीय संस्था र नवकिरण लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भए पछि मिति २०७६ माघ ९ गते देखि मर्जर कार्य सम्पन्न नहुन्जेल सम्मका लागि महुली लघुवित्तको ६ लाख ४२ हजार २०० कित्ता साधारण सेयर मर्जर प्रायोजनका लागि रोक्का गरियको थियो ।

मर्जरको सम्पुर्ण कार्य सम्पन्न भएपछि नेपाल स्टक एक्सचेन्जको मिति २०७७ मंशिर २५ को र्निणय अनुसार महुली लघुबित्तको दोस्रो बजार कारोबारलाई फुकुवा गरेको थियो । आईतबार बाट कारोबार सुरु गरेको महुलीको मूल्य निरन्तर उकालो लागिरहेको छ । 

नवकिरण लघुवित्तले आइपिओ जारी नगरीसकेको कारण ले दुई लघुवित्तबिचको मर्जर हुँदा कम्पनी ठुलो बनेको तर साधारण शेयर जम्मा ६ लाख ४२ हजार २०० कित्ता मात्र भएकाले पनि लगानिकर्ताहरुको आकर्षण बढेको हो ।

मर्जरले कम्पनी ठुलो बनेको र त्यसको अनुपातमा साधारण सेयर न्यून रहेकाले कम्पनीले हकप्रद शेयर निष्काशन गर्न सक्ने अनुमानले लगानिकर्ता आकर्षित भएको हुन सक्ने सेयर जानकारहरु बताउछन् ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको