अर्थ संसार, काठमाडौं -आज (बुधबार) पनि सेयर बजारले ओरालो यात्रा तय गरेको छ । सेयर बजारमा सामान्य गिरावट देखिएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ६.२० अंकले घटेर २०५५.२२ अंकमा पुगेको छ । नेप्से ०.३० प्रतिशले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ०.४३ अंकले घटेर ३८६.९८ अंकमा पुगेको छ ।
बुधबार सर्वाधिक नाफा कमाउने १० कम्पनीहरु
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले सबैभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ । त्यसैगरी, छ्याङदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, समिट लघुवित्त वित्तीय संस्था लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वाधिक नाफा कमाएका छन् ।
माउन्टेन इनर्जी नेपाल लिमिटेड, सुर्याेदय लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वराेजगार लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरूले सबैभन्दा धेरै आम्दानी गर्न सफल भएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस