Like us!
Follow us!
Connect us!
Watch us!

लघुबित्तमा किन झुम्मिन्छन् लगानीकर्ता ?

अर्थ संसार

बुधबार, ०१ पुस २०७७, १७ : ५८ मा प्रकाशित

लघुबित्तमा किन झुम्मिन्छन् लगानीकर्ता ?

अर्थ संसार, काठमाडौं– बिगत केहि समय देखि लघुबित्त कम्पनीहरुको शेयर खरिद गर्न लगानिकर्ताहरु आकर्षित देखिन्छन् ।समग्र नेप्से करिब र्२ हजार अंकको आसपासमा घुमिरहेको बेलामा माइक्रोफाइनान्स उपसमुहको सूचक ३ हजार नाघि सकेको छ । 

आज  नेप्से ६ अंकले घटेर २ हजार ५५ पुग्दा माइक्रोफाइनान्स उपसमुहको सूचक भने ७६ अंकले बढेर ३ हजार ३ सय ४७ पुगेको छ । समग्र नेप्से र यो उपसमुहको सूचकका बिचमा झण्डै १ हजार ३ सय अंकको भिन्नता देखिन्छ । 

आज सबै भन्दा बढि कारोबार गर्ने समूहमा पनि यो समूह दोस्रो नम्बरमा छ आज यो समूहको १ अर्ब १६ करोड ८२ लाख ७ हजार ३६ रुपैयाँ बराबरको १० लाख ५२ हजार ४६५ कित्ता शेयरको कारोबार भएको छ । 

यो ६ महिनाको बिचमा समग्र नेप्सेको सूचक ११८८ बाट २०५५ मा पुग्दा ८६७ अंकले बृद्धि भयो भने माइक्रोफाइनान्स उपसमुहको सूचक भने १९६८ बाट ३३४७ मा पुग्यो र १३७९ अंकले बृद्धि भयो । यो बिचमा समग्र परिसूचक भन्दा यो उपसमूहको परिसूचक ५१२ अंकले अगाडी रह्यो  ।   नेप्सेमा माइक्रोफाइनान्स उपसमूह अन्र्तगत जम्मा ५२ वटा कम्पनीहरु दर्ता छन् । 
   
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको