अर्थ संसार
काठमाडौँ– उपल्लो खिम्ती जलविद्युत् आयोजना र अपर खिम्ती दोस्रो आयोजनाले २४ लाख ७५ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ ।
आयोजनाले सेयर जारी गर्ने सम्बन्धमा आज आयोजनको प्रवद्र्धक हिमालयन ऊर्जा विकास कम्पनीका कार्यकारी अधिकृत हरिप्रसाद पाण्डे र नबिल इन्भेस्टमेन्टका प्रमुख कार्यकारी अधिकृत प्रविनरमन पराजुलीले हस्ताक्षर गर्नुभयो ।
हिमालयन ऊर्जा विकास कम्पनीले १२ मेगावाट क्षमताको उपल्लो खिम्ती र अपर खिम्ती दोस्रो सात मेगावाट निर्माण गरेको छ ।
दुई वटा आयोजनाको सर्वसाधारणलाई रु एक सय मूल्य अंकित दरको २४ करोड ७५ लाख कित्ता सेयर मध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीलाई नौ लाख ९० हजार कित्ता सेयर प्रदान गरिनेछ ।
आयोजनाका सञ्चालक प्रकाश दुलालले आम सर्वसाधारणले आयोजनामा अपनत्व महसुस गरुन भनेर साधारण सेयर प्रदान गर्न लागिएको ताउनुभयो ।
नबिल इन्भेस्टमेन्टका कार्यकारी निर्देशक पराजुलीले आवश्यक प्रक्रिया मिलाएर केही दिन भित्रै साधारण सेयर निस्काशन गरिने बताउनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस