अर्थसंसार,काठमांडौ– दुई लघुबित्तहरुको बीचमा मर्जर पछि आईतबार (मंसिर २८) बाट बारोबार सुरु गरेको महुली लघुबित्तले आफ्नो उकालो यात्रालाई आजपनि कायमै राखेको छ । 
आईतबार ९१२ रुपैयाँ बाट कारोबार प्रारम्भ गरेको महुली लघुबित्तको प्रतिशेयर मूल्य आज सम्म आइपुग्दा १ हजार ४ सय ३९ रुपैयाँ पुगिसकेको छ । कारोबार सुरु भएको दिन देखिनै आक्रमक रुपमा बढिरहेको माहुलीको सेयरको मूल्यले हिजो (पुष ०१) गते त सर्किट ब्रेक नै गर्यो ।
 कारोबारको ५ दिनमा नै माहुली लघुबित्तको प्रतिशेयर मूल्य ५ सय सत्ताईस रुपैयाले बढेका छ । आज पनि कारोबारको २ घण्टा ३० मिनेट बित्न नपाउदै ९ सय ३ कित्ताको बारोबार भयो भने अनलाईनमा खरिदकर्ताको भिड हुदां एक जना पनि बिक्रिकर्ता भने देखियनन् ।
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस