अर्थ संसार, काठमाडौं -माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारण शेयर हितग्राही खातामा जम्मा भएको छ । उक्त कम्पनीको गत मंसिर १७ गते बुधबार सार्वजनिक निष्कासन भई बाँडफाँड भएको १ करोड ९६ लाख ४० हजार २७० कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सुचिकरण भई बाँडफाँडमा परेका आवेदकहरुको हितग्राहि खातामा शेयर जम्मा गरिएको हो । 
साथै आफ्नो हितग्राही खातामा शेयर जम्मा भए नभएको यकिन गर्न कम्पनीले अनुरोध गरेको छ । थप जानकारी लिनका लागि कम्पनीको शेयर रजिष्ट्रार एनआईविएल एस क्यापितल लिमिटेडमा सम्पर्क गर्न पनि अनिुरोध गरिएको छ ।  
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस