अर्थ संसार
काठमाडौं–सानिमा बैंक र सिटिजन्स बैंक इन्टरनेशनलले सेयर रजिष्ट्रार कम्पनी परिवर्तन गरेका छन् । ती दुवै बैंकले आफैंले खोलेका मर्चेन्ट बैंकर कम्पनीलाई सेयर रजिस्ट्रार तोकेका हुन् ।
नेप्सेमा जानकारी गराएअनुसार सानिमा बैंकले सानिमा क्यापिटललाई सेयर रजिस्ट्रार तोकेको छ । यसअघि उक्त बैंकको सेयर रजिस्ट्रार नविल क्यापिटल थियो । यस्तै सिटिजन्स बैंक इन्टरनेशनलले सिविआइएल क्यापिटललाई सेयर रजिस्ट्रार तोकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस