अर्थ संसार,काठमांडौ– नेपाल स्टक एक्सचेन्जले पुष २ गतको र्निणय अनुसार बरुण हाइड्रोपावर लाई सचेत गराउदै मिति २०७७ पुष ५ गतेबाट दोस्रो बजारमा बारोबार गर्न पाउने गरि कारोबार फुकुवा गरेको बिज्ञप्ति मार्फत जनाएको छ  ।                                                                            
बरुणले लाभांश बितरण गर्ने प्रस्ताब सम्बन्धि सूचना समयमै जानकारी नगराएपछि नेपाल स्टक एक्सचेन्जले मंसिर २९ गते एक पत्र लेख्दै स्पष्टिकरण सहित कारोबार स्थगन गरेको थियो ।       
नेपाल स्टक एक्सचेन्जबाट सोधियको स्पष्टिकरणको जबाफमा बरुणले लाभांस दिने प्रस्ताबको पत्र नेप्सेमा कारोबार समयमा पठायकोमा सो सम्बन्धमा कानुनी रुपमा थाहा नभएको र अब उपरान्त यस्तो कमि कमजोरी नगर्ने नगराउने प्रतिबद्धता गर्दै  क्षमा याचना गरेको थियो ।
  
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस