Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्याण्डर्ड चार्टर्ड  बैंकको बुकक्लोज कहिले ?

अर्थ संसार

शुक्रबार, ०३ पुस २०७७, १३ : ३७ मा प्रकाशित

स्ट्याण्डर्ड चार्टर्ड  बैंकको बुकक्लोज कहिले ?

अर्थ संसार, काठमाडौं - स्ट्याण्डर्ड चार्टर्ड  बैंक लिमिटेडले बुक क्लोज मिति तय गरेको छ ।  बैंकले साधारणसभा प्रयोजनको लागि पुस ९ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो । 

त्यसैले पुस ८ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंकको संचालक समितिको निर्णयानुसार बैंकको ३४औं वार्षिक साधारणसभा पुस २४ गते, शुक्रबार हुँदैछ  । सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ४.८४ प्रतिशत नगद लाभांश गरी कुल ११.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ  । 

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको