Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु क्यापिटलले डाक्यो वार्षिक सभा, के-के छन् एजेण्डा ?

अर्थ संसार

शुक्रबार, ०३ पुस २०७७, १५ : २२ मा प्रकाशित

प्रभु क्यापिटलले डाक्यो वार्षिक सभा, के-के छन् एजेण्डा ?

अर्थ संसार, काठमाडौँ - प्रभु क्यापिटल लिमिटेडले १२औँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे मंसिर २६ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे १२औँ वार्षिक साधारण सभा पाैष २४ गते, शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालय, कमलादी, काठमाडौंमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेही अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको