Like us!
Follow us!
Connect us!
Watch us!

बजारकाे बुलिस ट्रेन्ड सुरू भयाे, नेप्से ६००० अंक पुग्न सक्छः विश्लेषक बिष्णु बस्यालसँगकाे कुराकानी

अर्थ संसार

आइतबार, ०५ पुस २०७७, ०५ : ५५ मा प्रकाशित

केही साता यता सेयर बजार उकालाे गतिमा छ । सानाेतिनाे करेक्सन आए पनि बजार निरंतर उकालाे लाग्ने क्रममा रहेकाले सेयर विष्लेषकहरू बजारकाे बुलिस ट्रेन्ड सुरू भएकाे बताउँछन् ।

सेयर बजार विश्लेषक विष्णुप्रसाद बस्याल अब सेयरकाे बियरिस ट्रेन्ड सकिएकाले अबकाे ४ बर्ष बजार निरंतर उकालाे लाग्ने बताउँछन् । बजारकाे ४० ४२ महिनाकाे बियरिस ट्रेन्ड सकियाे, उनी भन्छन्, अब निरंतर बजार उकालाे लाग्छ ।

विगतकाे इतिहासलाइ हेर्दा बुलिस मार्केटकाे ट्रेन्ड ५० ५२ महिनासम्म रहने उनले दावी गरे । बजार उकालाे लागिरहेका बेला नेप्से कति अंकसम्म माथि जाला ? विश्लेषक बस्याल विगतकाे ट्रेन्ड हेर्दा बजार पहिलेकाे न्युनतम विन्दुबाट ५ गुणासम्म बढ्ने अनुमान गर्छन् । बजार ५५००देखि ६०००० अंकसम्म जानसक्ने मेराे अनुमान छ, उनी भन्छन्, यति अंक अहिल्यै पुग्ने हैन ।

बजार बढ्दै, करेक्सन हुँदै आगामी ४ बर्षमा त्यति पुग्छ । बस्याल नेपालकाे सेयर बजार पूर्वानुमान गर्न सकिने भएकाे दावी गर्छन् ।

सेयर बजार अकासिएका बेला नयाँ लगानीकर्ताहरू सेयर बजारमा प्रवेश गरेका छन् । उनीहरूले कम्पनीकाे आधारभूत विश्लेषण गरेर मात्रै लगानीकाे निर्णय गर्नु पर्ने बताउँछन् ।

थप कुराकानी भिडियाेमाः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको