Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी लघुवित्तले गर्यो २३.१६% लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थ संसार

आइतबार, ०५ पुस २०७७, १३ : १८ मा प्रकाशित

लक्ष्मी लघुवित्तले गर्यो २३.१६% लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थ संसार, काठमाडौं – लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल २३.१६ प्रतिशत लाभांशघोषणा गरेको हो ।

संस्थाकाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले आफ्ना सेयरधनीहरुलाई  हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र ८.१६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको