Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा उल्लेख्य सुधार गरेकाे लक्ष्मी लघुवित्तको ईपीएस कति ?

अर्थ संसार

मंगलबार, १९ साउन २०७८, ०६ : २२ मा प्रकाशित

नाफामा उल्लेख्य सुधार गरेकाे लक्ष्मी लघुवित्तको ईपीएस कति ?

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्म संस्थाले राम्राे प्रगति गरेकाे देखिएकाे छ ।

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले १९ करोड ३१ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १९६.०१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ६ करोड ५२ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ५० करोड ७७ लाख २१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ४६.२७ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३४ करोड ७१ लाख २० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन नाफा पनि १९८.७९ प्रतिशतले बढेर ३० करोड ५२ लाख ७९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा १० करोड २१ लाख ७२ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ३२ कराेड ४५ हजार रूपैयाँ नै स्थिर छ । संस्थाकाे जगेडा कोष १०७.८८ प्रतिशतले बढेर ३६ करोड ४३ लाख रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ ८३ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी ६० रुपैयाँ ३६ पैसा रहेकाे छ । संस्थाको मूल्य आम्दानी अनुपात ३७.९४ गुणा रहेको छ ।

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ : 

6108919fab16c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको