Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी लघुवित्तको नाफामा सामान्य सुधार, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

बुधबार, १२ माघ २०७८, १० : ३९ मा प्रकाशित

लक्ष्मी लघुवित्तको नाफामा सामान्य सुधार, प्रतिसेयर आम्दानी कति ?

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ९ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २.२५ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ९ करोड ४ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि २१.३३ प्रतिशतले बढेर २७ करोड १७ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी २२ करोड ३९ लाख रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा सामान्य बढेर १४ करोड ६७ लाख रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले १४ करोड २१ लाख रूपैयाँ मात्र सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ३८ करोड ४० लाख रुपैयाँ र जगेडा कोषमा ३६ करोड ७० लाख रुपैयाँ सञ्चित रहेको छ । संस्थाको  प्रतिसेयर आम्दानी (ईपीएस) ४८ रुपैयाँ १४ पैसा रहेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ५६ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

61f0d4fab7acd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको