Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी लघुवित्तको किस्ता खल्तीबाट भुक्तानी गर्दा क्यासब्याक पाइने

अर्थ संसार

सोमबार, ०२ साउन २०७९, १३ : ३१ मा प्रकाशित

लक्ष्मी लघुवित्तको किस्ता खल्तीबाट भुक्तानी गर्दा क्यासब्याक पाइने

खल्तीले लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग सहकार्य गरी आफ्ना ग्राहकहरूलाई मासिक किस्ता अर्थात् ईएमआइ (EMI) भुक्तानी सुविधा उपलब्ध गरेको छ। 

साथै खल्तीबाट लक्ष्मी लघुवित्तको ईएमआइ भुक्तानी गर्ने प्रयोगकर्ताले प्रोमोकोड ‘LAXMIEMI’ प्रयोग गरि ५% क्यासब्याक (रू. ५० सम्म) पनि प्राप्त गर्नेछन्। यो अफर भाद्र ३१ सम्म लागु हुनेछ। 

यस सहकार्यले खल्ती तथा लक्ष्मी लघुवित्तका ग्राहकहरूलाई किस्ता भुक्तानी गर्न सहज हुनुको साथै भुक्तानी गर्न कार्यालयसम्म जानको लागि समय निकाल्ने वा भुक्तानी गर्नै ढिलो हुने जस्ता समस्याहरु बाट छुटकारा दिने अपेक्षा लिईएको छ। 

लक्ष्मी लघुवित्तको किस्ता भुक्तानी 'खल्ती' बाट यस प्रकार तिर्न सकिन्छ : 

१) खल्ती होम स्क्रिनमा EMI सेक्सनमा जानुहोस्

२) लक्ष्मी लघुवित्तलाई छनौट गर्नुहोस्

३) आवश्यक विवरण भर्नुहोस्

४) ‘प्रोसिड टु पे’मा ट्याप गर्नुहोस् र भुक्तानी पूरा गर्नुहोस्

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले अधिकांश भुक्तानी सेवाहरू डिजिटल बनाउने क्रममा अघि बढ्दै गर्दा खल्ती र लक्ष्मी लागुवित्ताका प्रयोगकर्ताहरूले यस सेवाबाट धेरै लाभ लिन सक्ने कुरामा विश्वस्त रहेको जानकारी दिएका छन् ।

रु. ५००० माथिको नविकरण ईएमआइ भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो 'खल्ती' केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ । साथै, आफ्नो बैंक खाता खल्तीमा लिङ्क गर्ने प्रयोगकर्ताहरूले केही ट्यापहरू मार्फत आफ्नो ईएमआइ र पानी, इन्टरनेट, बिजुली, र सरकारी राजस्व जस्ता अन्य बिलहरू भुक्तानी गर्न प्रत्यक्ष भुक्तानी गर्न सक्छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको