Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी लघुवित्तको सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

अर्थ संसार

मंगलबार, १६ फागुन २०७९, १६ : ५७ मा प्रकाशित

लक्ष्मी लघुवित्तको सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य समायाेजन भएकाे छ । 

संस्थाकाे १५ प्रतिशत बाेनसपछि नेप्सेले प्रतिकित्ता ८ सय २४ रूपैयाँ ३५ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले मंगलबारकाे अन्तिम काराेबार मूल्य ९ सय ४८ रूपैयाँका आधारमा मूल्य समायाेजन गरेकाे हाे । 

संस्थाले लाभांशसहितका ऐजेन्डा पारित गर्न ११ औँ बार्षिक साधारणसभा फागुन २९ गते अग्रवाल भवन, कमलपोखरी काठमांडौमा बिहान ११ बजेका लागि डाकेको छ । 

सभामा संस्थाकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको