अर्थ संसार, काठमांडौ– सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पुर्व गृह सचिव प्रेम कुमार राई र आयुत्तमा जय बहादुर चन्दलाई नियुक्त गरेको छ ।
प्रमुख आयुक्तमा सिफारिस राई ओली निकट हुन् भने आयुत्तमा सिफारिस चन्द कांग्रेस सभापती शेर बहादुर देउवा निकट मानिन्छन् ।
देउवा प्रधानमन्त्री भएको समयमा सरकारले चन्दलाई नेपाल प्रहरीको प्रमुखमा नियुत्त गरेको थियो तर सर्वोच्व अदालतको आदेश र व्यापक बिरोध पछि नियुक्ति उल्टिएको थियो ।
लामो समयदेखि ओली राईलाइ प्रमुख आयुत्त र देउवा चन्दलाई आयुत्त बनाउन चाहिरहेका थिए । देउवाका निकट पात्र चन्द आयुत्तमा सिफारिस हुनुबाट पनि संबैधानिक परिषद्को निर्णय देउवाको हरियो संकेत प्रष्ट हुन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस