नेपाल धितोपत्र बोर्डको सञ्चालकमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नियुक्त भएका छन् ।
निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै महासंघ उपाध्यक्ष ढकाल सञ्चालकमा नियुक्त भएका हुन् । नवनियुक्त सञ्चालक ढकाललाई बुधबार धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले शपथ ग्रहण गराएका छन् । बोर्डमा निजी क्षेत्रको तर्फबाट महासंघको पदाधिकारी तहको व्यक्ति बोर्ड सञ्चालकमा नियुक्त हुने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार ढकाललाई उक्त पोष्टमा नियुक्त गरिएको हो । धितोपत्र बोर्डमा केही समययता उक्त पद खाली थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस