Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लघुवित्तको स्वतन्त्र संचालकमा अधिकारी नियुक्त

अर्थ संसार

आइतबार, १८ माघ २०७७, १६ : ११ मा प्रकाशित

एनआईसी एशिया लघुवित्तको स्वतन्त्र संचालकमा अधिकारी नियुक्त

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले  स्वतन्त्र संचालकको पदमा सन्जु अधिकारीलाई नियुक्त गरेको छ । माघ १६ गते बसेको १०२औं संचालक समितिको बैठकबाट चार्टर्ड एकाउन्टेन्ट सन्जु अधिकारीलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो  । 

संचालक समितिका अध्यक्ष कपिल ढकालले उच्चतम व्यवसायिक अभ्यास सहित योग्यतम व्यक्तिलाई संस्थाको स्वतन्त्र संचालकका रुपमा चयन गरिएको जानकारी दिए।

एनआईसी एशिया लघुवित्तले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्था प्रतिको भरोसा सहित हाल १२० शाखा कार्यालयहरुबाट करिव ४७ हजार सदस्यहरु सहित करीव ३६ हजार कर्जा सेवाग्राहीहरुको सहयात्रीको रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको