Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाईफ इन्स्योरेन्सको सीईओमा खत्री नियुक्त

अर्थ संसार

बुधबार, ०५ जेठ २०७८, १३ : १६ मा प्रकाशित

नेशनल लाईफ इन्स्योरेन्सको सीईओमा खत्री नियुक्त

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेश प्रसाद खत्री नियुक्त भएका छन् ।

कम्पनीले बीमा समितिको जेठ ३ गते पत्रबाट स्वीकृति प्राप्त भए अनुसार यस कम्पनीको हिजो (जेठ ४ गते, मंगलबार) बसेको संचालक समितिको बैठकले हालको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत खत्रीलाई नियुक्त गरेको हो ।

खत्रीलाई जेठ ३ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि करारमा नियुक्ति अनुमोदन गरेको कम्पनीले जनाएको छ ।

60a4bf8c9d3fa.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको